Pop – Midnepal https://midnepal.com Creativity Portal Sun, 01 Mar 2026 12:13:22 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.9.4 Aneeta Kafle – Aasha Timimai | आशा तिमीमै थियो https://midnepal.com/tracks/aneeta-kafle-aasha-timimai-%e0%a4%86%e0%a4%b6%e0%a4%be-%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a5%80%e0%a4%ae%e0%a5%88-%e0%a4%a5%e0%a4%bf%e0%a4%af%e0%a5%8b/ Wed, 24 Sep 2025 08:52:14 +0000 https://midnepal.com/?post_type=track&p=227 आश तिमीमै थियो, डुब्यौ अरु कोहीमा,
विश्वास तिम्रै थियो, हरायौ अरु कोहीमा।
सम्बन्ध सधैँभरि जोगाउन मन थियो,
तर रम्न पुग्यौ अरु कसैको अँगालोमा।

(कोरस)
सपना सबै टुटेर गयो,
आँखा सधैं आँशुमा डुब्यो,
जसलाई प्रेम गरे आफूभन्दा,
उसैले विश्वास तोडेर गयो।

खोलालाई बगरले साथ नदिएको कहाँ हो र,
खोलाले आफैं बाटो बनायो, बगरको के दोष?
मैले नि तिमीलाई साथ नदिएको त कहाँ हो र,
तिमीले अरु कसैलाई रोज्यौ, मेरो के दोष?

(कोरस)
सपना सबै टुटेर गयो,
आँखा सधैं आँशुमा डुब्यो,
जसलाई प्रेम गरे आफूभन्दा,
उसैले विश्वास तोडेर गयो।

हराउँथ्यौ हामी आफ्नै संसारमा,
देख्थ्यौ सपनाहरू एउटै आँखामा,
भुलाउँथ्यौ दुखहरू एउटै अँगालोमा,
बाँड्थ्यौ खुशीहरू संगै हाँसोमा।

(कोरस)
सपना सबै टुटेर गयो,
आँखा सधैं आँशुमा डुब्यो,
जसलाई प्रेम गरे आफूभन्दा,
उसैले विश्वास तोडेर गयो।

नसोध अब फेरि “कस्तो छौ?” भनेर तिमी,
म मस्त छु, बेस्त छु, आनन्द छु आफ्नै संसारमा।
संगै बिताएका याद आउँछन् मलाई पनि,
तर भुलाइदिन्छु जिन्दगी साँझको नशामा।

(कोरस)
सपना सबै टुटेर गयो,
आँखा सधैं आँशुमा डुब्यो,
बाँच्ने सबै कारण हरायो,
सास पनि बोझझैँ लाग्यो।

याद आउन सक्छ मेरो, आस भने नग र,
मन मरिसक्यो, नजिक हुने प्रयास नग र।
टुट्छ खुशी, टुट्छ विश्वास, टुट्छ साथ पनि,
गल्ती सब तिम्रै थियो—माया र विश्वासघात पनि।

(कोरस)
सपना सबै टुटेर गयो,
आँखा सधैं आँशुमा डुब्यो,
जसलाई प्रेम गरे आफूभन्दा,
उसैले विश्वास तोडेर गयो।

]]>